२०८२ भाद्र ६ | Aug 22, 2025

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ८

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको थियो । आइतबार सुनको मूल्यमा कुनै पनि फेरबदल नभइ सोही मूल्यमा कारोबार भयो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ बढेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया