२०८२ फाल्गुन ६ | Feb 18, 2026

थकाली सेवा समितिको आयोजनामा सिड्नीमा तोरनल्ह रनिङ कप भलिबल हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ८
|
714 views

सिड्नी । थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता सिड्नीमा नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुने भएको हो ।

थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा हरेक वर्ष भलिबलसँगै खेलकुद र विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन् । सोही अनुसार यसपटक पनि  भलिबल रनिङ कप २०२५ आयोजना आयोजना हुन लागेको हो ।

अघिल्ला वर्षहरुभन्दा केही ढिला हुन लागे पनि तोरनल्ह रनिङ कप भलिबल २०२५ मा यसपटक अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली समुदायका विभिन्न १२ टोलीको सहभागिता रहेको छ । आयोजक थकालीले ११ टोलीलाई दुई समूहमा विभाजन गरि खेल तालिका सार्वजनिक गरिसकेको छ ।

आयोजकका अनुसार समूह ‘ए’ मा दि गोर्खा स्पोर्ट्स क्लब, पोखरा भलिबल क्लब, म्याग्दी जलजला परिवार, ढोरपाटन क्लब अष्ट्रेलिया, म्याग्दी प्रवासी नेपाली संघ (मोना अस्ट्रेलिया) र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् भने समूह ‘बी’ मा गोल्डेन ब्वाइज भलिबल क्लब, गल्कोट समाज, म्याग्दी काली युनाइटेड, आयोजक थकाली सेवा समिति र मंगला समाज अस्ट्रेलिया रहेका छन् ।

यस रनिङ कपमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, बिशाल बहादुर विक, राजेन्द्र विष्ट, दिल बहादुर सुनार र हेमन्त बहादुर मल्लको खेल हेर्न पाइनेछ ।

विजेताले ३ हजार अष्ट्रेलियन डलरसँगै रनिङ कप र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय अष्ट्रेलियन डलरसँगै कप र मेडल प्राप्त गर्नेछ । तोरनल्ह भलिबल रनिङ कपको सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, क्विकर र लिवेरोले ट्रफी प्राप्त गर्नेछ ।

तोरनल्ह भलिबल रनिङ कपलाई मुस्ताङ थकाली किचेन बरुड, स्ट्राथफिल्ड भेजी सेड र हष्र्टभिल भेजी सेडले मुख्य प्रायोजन गरेको छ । डायमन्ड स्पोन्सरमा ग्रेज गोट्स रहेका छन् । गोल्ड स्पोन्सरमा एएलडी कर्पाेरेट, शिल्भरमा फार्मर जोई किचेन, डिवाई बटचर र बुद्ध ज्वेलरी रहेका छन् ।

सहयोगीमा लालटिन नेप्लिज कजिन, सेक्युर नेस्ट मोर्टगेज एण्ड फाइनान्स, इन्द्रेणी फङ्सन सेन्टर, युनिक होम्स, नमस्ते ज्वेलर्स, एभरेस्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, मायालु फर्निचर एण्ड होम एपलाइन्सेस, ग्यालेक्सी फङ्सन, सनराइज मिट एण्ड ग्रोसरी मार्ट, एएम एसान मोबाइल र एसएनसी ब्युटी पिक रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया