२०८२ फाल्गुन ६ | Feb 18, 2026

आन्दोलनरत शिक्षकहरुलाई कक्षा १२ को परीक्षामा सहभागी नहुन महासंघको निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ९
|
867 views

काठमाडौं । विहीबारबाट सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी नहुन सम्पूर्ण शिक्षकहरुलाई नेपाल शिक्षक महासंघले निर्देशन दिएको छ ।

मंगलबार शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै २०८२ वैशाख ११ गतेबाट सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएका हुन्।

देशभरका शिक्षकहरुको काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्रअ तथा शिक्षक–कर्मचारी साथीहरूमा जोडदार आग्रह गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ।

शिक्षक महासंघले तत्काल शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ। अहिलेको आन्दोलन शिक्षा ऐन जारी गरी उचिव व्यवस्थापन र गुणस्तर विकासका लागि भएको महासंघको दाबी छ।

महासंघले आन्दोलनलाई सहयोग गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, पालिका तथा शैक्षिक सरोकारवाला निकायलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया