२०८२ भाद्र ६ | Aug 22, 2025

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई अदालत लगिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १४

काठमाडौँ । आइतबार रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालत लगिँदैछ । तीनकुनेको प्रदर्शनमा मुख्य योजनाकार दुर्गा प्रसाईं र रविन्द्र मिश्र सहित राज्य बिरुद्धको अपराधमा अनुसन्धान भइरहेकाहरुलाई आज म्याद थप गरिँदैछ । पछिल्लो पटक अदालतले दिएको ३ दिन पुरा भएसँगै आइतबार म्याद थप गर्न आरोपीहरुलाई अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

दोस्रोपटक वैशाख ११ मा रविन्द्र मिश्र र दुर्गा प्रसाईं सहितका २४ जनालाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । त्यसअघि उनीहरुलाई अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया