हिमालयन बैंक बत्तीसपुतली शाखा मारवाडी परिषद्को नयाँ भवनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १५
|
1.1k views

ललितपुर - काठमाडौं । हिमालयन बैंक लिमिटेड बत्तीसपुतली शाखा सारिएको छ ।

बत्तीसपुतलीस्थित शाखा साबिक भवन र स्थानबाट सारेर गरी बत्तीसपुतली वडा नम्बर ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैङ्किङ सेवा शुभारम्भ गरिएको हो ।

      आइतबार अर्थात् २०८२ वैशाख १४ गतेदेखि उक्त शाखाबाट सम्पूर्ण बैङ्किङ सेवा प्रवाह भएको बैंकले जनाएको छ ।

      उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले गरेका थिए । शाखाको शुभारम्भ कार्यक्रममा अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थिति थियो ।

      हाल बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube