२०८२ भाद्र ७ | Aug 23, 2025

माइतीघर मण्डलामा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १५

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् । आफ्ना माग र समस्याप्रति सरकार अन्धो भएको भन्दै पीडितहरु महिना दिनदेखि सडक प्रदर्शन गरिरहेका छन् ।
पीडितलाई सरकारले न्याय दिन नसकेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।

पीडितहरुले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर अर्धनग्न अवस्थामा प्रदर्शन गरेका छन् ।

आफ्नो बचत रकम फिर्ताको माग राखेर उनीहरु काठमाडौंका सडकमा महिनौंदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता दिन माग गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया