महासंघको निर्णयप्रति विद्यालय कर्मचारी परिषदको असन्तुष्टि

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १८
|
612 views

ललितपुर - काठमाडौं । महासंघले सरकारसँग गरेको सहमतिप्रति विद्यालय कर्मचारीले असन्तुष्टि जनाएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै ९ बुँदे सहमति अस्वीकार गरेका हुन्।

‘सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्णरूपमा असहमति रहेको व्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भत्सर्ना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

महासंघले शिक्षक तथा विद्यालय कर्मचारीलाई पेलेर अगाडि बढेको आरोप लगाएका छन् ।

२० चैतदेखि काठमाडौंमा चलेको आन्दोलन २९औं दिनपछि बुधबार सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता भएपछि फिर्ता भएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube