२०८२ भाद्र ६ | Aug 22, 2025

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा उक्त प्रतियोगिताको बलाधिकृत रथी सरोजप्रताप राणाले निर्णायकलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

एक सातासम्म चल्ने सैनिक तालिम महानिर्र्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६ खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

वैशाख २१ देखि वैशाख २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीहरुको सहभागिता रहेको छ । खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।
मुलुकको टेनिस खेलको विकासमा सहयोग पुर्‍याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याइएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया