२०८२ भाद्र ७ | Aug 23, 2025

टुँडिखेलमा सिपमेला आयोजना हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २१

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ ७ गतेदेखि सिप मेला आयोजना गर्न लागेको छ । २०८२ जनालाई तालिम दिने गरी काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सिप मेला आयोजना गर्न लागेको हो । सिप रोजगारसँग मुलुकको उत्पादनमा वृद्धि गर्ने लक्ष्य सहित मेलाको आयोजना गर्न लागेको मेयर बालेन्द्र शाहले बताएका छन् ।

यसअघि २०८१ मा पनि मे दिवसको अवसर पारेर “रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि” भन्ने नाराका साथ सिप मेला लगाइएको थियो । त्यतिबेला काठमाडौं महानगरपालिकाले १ महिनामा २०८१ जनालाई सिपमूलक तालिम दिने लक्ष्यका साथ सिप मेला लगाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया