|
|
२०८२ बैशाख २२
816 views
ललितपुर - काठमाडौं । जम्बू कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना भएको छ । सेनाको गाडी भीरबाट ५०० मिटर गहिरो खोंचमा खसेको हो।
गाडीमा सबार तीनजना सैनिकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गाडी नियन्त्रण गुमाएर भीरबाट खसेको देखिन्छ।
भारतको जम्बू काश्मीर स्थित रामबनका एसएसपी कुलबीर सिंहका अनुसार एउटा धेरै दुर्भाग्यपूर्ण घटना भएको छ जसमा सेनाको गाडीका चालकले नियन्त्रण गुमाए र गाडी लगभग ५०० मिटर गहिरो खोंचमा खस्यो।
एसएसपी कुलबीर सिंह भन्छन् ‘प्रारम्भिक अनुसन्धानमा हामीले नट(बोल्ट फेला पारेका छौं, जुन कारको स्टेयरिङको हुन सक्छ। यद्यपि, सही जानकारी अनुसन्धान पछि मात्र थाहा हुनेछ।’

बिजनेस पाटी