काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। टावर कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी १० प्रतिशत बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्रीमा ल्याएको थियो।
यसअघि नेपाल धितोपत्र बोर्डले गत चैत २५ गते रु. १०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्न स्वीकृति दिएको थियो। कम्पनीले पहिलो चरणमा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता दिई आईपीओ निष्काशन गरिएको हो।
तोकिएको आवेदनमा सम्पूर्ण सेयर बिक्री नभएको खण्डमा कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि दोस्रो चरणमा थप गरी निष्काशन गरिने जनाएको छ ।
आवेदकले न्यूनतम १० कित्ता देखि अधिकतम एक हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन् ।
विदेशमा श्रम स्वीकृति प्राप्त गरी कार्यरत नेपाली नागरिकले नेपालमा रहेका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू वा मेरो सेयर अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्छन्।















फेसबुकबाट तपाईको प्रतिक्रिया