२०८२ भाद्र ७ | Aug 23, 2025

चेल्सीसँग लिभरपुल पराजित

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २२

चेल्सीले प्रिमियर लिग विजेता लिभरपुललाई ३–१ ले पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको छनोटमा पुग्ने आशा जगाएको छ । स्ट्यामफोर्ड ब्रिजमा एन्जो फर्नान्डेजले खेलको तेस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। दोस्रो हाफको। ११ औं मिनेटमा जारेल क्वान्साहले आत्मघाती गोल गरेपछि चेल्सीको अग्रता दोब्बर भयो।

भर्जिल भान डाइकले खेलको ८५ औं‌ मिनेटमा हेडरमार्फत एक गोल फर्काए । तर कोल पाल्मरले इन्ज्युरी समयको छैंटौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीको जित निश्चित गरे । ६३ अंकसहित चेल्सी पाँचौं स्थानमै कायम छ । छैटौं स्थानको नटिङ्घम फरेस्टभन्दा तीन अंकले अघि छ । फरेस्टले सोमवार क्रिस्टल प्यालेससँग खेल्नेछ।

चेल्सी चौथो स्थानको न्युक्यासल युनाइटेडसँग अंक बराबरीमा छ । उनीहरू अर्को साता सेन्ट जेम्स पार्कमा आमनेसामना हुनेछन्। म्यानचेस्टर युनाइटेड फेरि पराजित भएको छ। बेन्टफोर्डले युनाइटेडलाई ४–३ ले हराएको छ। ब्राइटन र न्युक्यासलले तथा वेस्टह्याम र टोटेनहमले समान १–१ को बराबरी खेलेका छन्। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया