२०८२ भाद्र ६ | Aug 22, 2025

चौधरी पक्राउबारे विहीबार गृहमन्त्रीले जवाफ दिनेभएपछि हट्यो सदनको अवरोध

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २३

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुचारु भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सदन अवरोधका कारण सुचारु हुन नसकेको संसद सुचारु भएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टी अवरोधबाट पछि हटेसँगै नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

मंगलबार सदनको आकस्मिक र शून्य समय सकिएपछि सभामुखले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका अघि बढाउन खोज्दा जनमत र नाउपाका सांसदले सदनमा उभिएर अवरोध गरेका थिए । उनीहरूले संसदमा पक्राउ परेका रेशम चौधरीको घटनाबारे जवाफ गर्दै संसद अवरोध गरेका थिए ।

सभामुखले आगामी वैशाख २५ गते अर्थाते विहीबारको संसद् बैठकमा यस विषयमा गृहमन्त्रीले जवाफ दिने मौखिक खबर आएको जानकारी दिएपछि दुई दलका सांसद बसेका थिए । त्यसको लगत्तै नीति कार्यक्रममाथि छलफल सुरु भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया