
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उर्मिला अर्यालले अगामी वर्षको नीति तथा कार्यक्रम जनअपेक्ष विपरीत भएको बताएकी छन् । विगतका राम्रा कार्यक्रम हटाएर ल्याइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न नसक्ने बताएकी हुन् ।
आजको राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै सांसद अर्यालले यसले जनतामा उत्साह जगाउन नसकेको आरोप लगाएकी छन् ।
सरकारले राष्ट्रिय गौरवका आयोजना, गाँजाको यावसायिक प्रयोग, विदेशबाट फर्केकालाई उद्यमसँग जोड्ने, सुकुम्वासी समस्या समाधानलगायत नीति तथा कार्यक्रममा समेट्नु पर्ने भन्दै सरकारसँग माग गरेकी छन् ।
नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद अर्यालले आत्मनिर्भरको अर्थतन्त्र निर्माणको स्पष्ट खाका नीति कार्यक्रममा उल्लेख गर्नुपर्ने माग गर्दै सबै प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउने योजना आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समेटन आग्रह गरिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया