|
|
२०८२ बैशाख २३
867 views
ललितपुर । खस्कदो शेयर बजार र वर्तमान अवस्थाका बारेमा शेयर बारेमा गहन छलफल गरिने भएको छ । नेपालको शेयर बजारको वर्तमान अवस्थाको बारेमा गहन छलफल गर्न लागिएको हो । नेपाल शेयरबजार लगानीकर्ता संघले भोलि बुधबार बिहान ९ बजे नेपालको शेयर बजारका बारेमा गहन छलफल गर्न लागेको छ।
चापागाउँ दोबाटो स्थिति युनिटी फूड क्याफे, ललितपुरमा बर्तमान शेयर बजारका बारेमा समसामयिक बिषयमा छलफल गरिने नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव रबिन कँडेलले बताएका छन् ।
ुनेपालको शेयर बजारको वर्तमान अवस्थाका विषयमा गहन छलफल तथा विचार आदान–प्रदान गरिने छ संघका महासचिवले जानकारी दिएका छन् । यसका लागि नेपाल शेयरबजार लगानीकर्ता संघले औपचारिक निमन्त्रणा समेत गरिसकेको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया