२०८२ फाल्गुन ६ | Feb 18, 2026

मकवानपुरमा बोलेरो दुर्घटना : ६ जनाको अवस्था गम्भीर

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २४
|
357 views

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ–९ अठारेस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा त्यहाँ सवार सबै यात्रु सख्त घाइते भएका छन् । ती मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीका अनुसार राक्सिराङको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बोलेरो जिप आज बिहान करिब ८ः१५ बजे अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो।

दुर्घटना पश्चात् इलाका प्रहरी कार्यालय कान्द्राङबाट पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी मनहरि अस्पताल पठाइएको छ । बोलेरोमा चालकसहित ९ जना सवार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राक्सिराङ ९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वरिपरि बुद्धिमान घलान, ७५ वर्षीय डिल ब. घलान, ६५ वर्षीय फूलमाया घलान, ३८ वर्षीय रूपबहादुर राउत र ४८ वर्षीय दीपक खड्काको अवस्था भने गम्भीर रहेको छ ।

यसैगरी ५० वर्षीय सूर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र २८ वर्षीय सुजन तामाङ घाइते भएका छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।

घाइतेहरु सबैको पहिचान खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया