२०८२ भाद्र ७ | Aug 23, 2025

प्रि ओपन सेसनमा साढे २ अंकले बढ्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २४

काठमाडौं । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेर बन्द भएको छ।

मंगलबारको कारोबारमा १.३ अंक बढेर २६११.४३ विन्दुमा बन्द भएको नेप्से, बुधबार सो सेसनमा २.३४ अंक बढेर २६१३.७८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ। आजको प्रि ओपन सेसनमा ५० स्टकको ११४ पटकको कारोबारमा २ करोड १९ लाख १० हजार १०६ रुपैयाँ ५० पैसाबराबरको ४५ हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ, जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया