२०८२ भाद्र ७ | Aug 23, 2025

प्रदर्शनमा उत्रिए लघुबित्त पीडितहरु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २५

काठमाडौँ । महिना दिन बितिसक्दा पनि सरकारले आफ्ना मागहरु पूरा गर्न चासो नदिएको भन्दै आज लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पीडितहरु विभिन्न जिल्लाबाट काठमाडौँ आएर आन्दोलन गरेको पनि ४० दिन भइसक्दा पनि सरकार र पीडितबीच कुनै सहमति हुन सकेको छैन ।

पीडितसँग यसअघि गरिएका सम्झौताहरुलाई पूरा गर्न नसकेको भन्दै उनीहरुले प्रदर्शन गरेका हसन् । सरकार र सहकारी तथा लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू गत चैत महिनामा काठमाडौँ आएका थिए ।

पीडितहरुको काठमाडौं केन्द्रित आन्दोलन सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा भइरहेको छ । आफूसँग भएका सहमतिहरु कार्यान्वयन गराउन उनीहरु माइतीघर मण्डलामा प्रदर्शन गरिरहृका छन् । गत चैतमा सरकार र लघुवित्त सङ्घर्ष समितिबिच भएको सहमतिमा ऋणीहरूको साँवा ब्याज, शुल्क, जरिवाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनः स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका वास्तविक पीडितहरूको कर्जा मिनाहा लगायतका विषयमा सहमति भएको थियो ।

यसअघि भएको सहमतिमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने र समाधान गर्ने उल्लेख थियो । तर सहमति लत्त्याउँदै लघुवित्त संस्थाहरूले ऋणीलाई पुनः दबाब दिँदै धितो लिलाम गर्न थालेको भन्दै उनीहरू पुनः आन्दोलनमा उत्रिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया