२०८२ भाद्र ७ | Aug 23, 2025

विद्यार्थी लिएर गुडिरहेको बसमा आगलागी

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २५

बुटवल । रुपन्देहीमा विद्यार्थी लिएर स्कुलको नजिकै पुगेको बसमा एक्कासी आगो लागेको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा सञ्चालित एक निजी विद्यालयमा गुडिरहेको अवस्था एकाएक आगो लागेको हो । लागेको हो ।

करिब ४० जना विद्यार्थी बोकेर हिंडिरहेको लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेपछि तनाव उत्पन्न भएको थियो । तर, तत्काल बसका भएका सबै विद्यार्थीलाई चालक र सहचालकले बसबाट बाहिर निकालेपछि मानवीय क्षति भने हुन पाएन । सबै विद्यार्थीहरु बोकेर बस स्कुलको नजिक पुगेपछि बसमा अचानक धुवाँ सहित आगो लागेको थियो ।

मानवीय क्षतिबाट बचाए पनि आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया