२०८२ भाद्र ६ | Aug 22, 2025

जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २६

ललितपुर । भोलि शनिबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथन ५९१ जना धावक सहभागी हुने भएका छन् ।

कर्णाली स्पोर्ट क्लबले आज पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्याण्ड अमेरिका र फ्रान्सका एकएक तथा भारतका दुई जना धावक सहभागी हुने बताए ।
पाँच किमी दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुई जना गरी कूल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उनले दिए ।

म्याराथनका लागि २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया