२०८२ भाद्र ७ | Aug 23, 2025

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको नाफा बढ्यो 

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २८

ललितपुर । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्षको तुलनामा यस वर्ष नाफा बढेको छ । इन्स्योरेन्ले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद १ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३८.६४ प्रतिशतले बढी हुन आउँछ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले १४ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा सँगसँगै चालु आर्थिक वर्षमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १९५.४० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

कूल ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया