२०८२ भाद्र ७ | Aug 23, 2025

प्रधानमन्त्री र अन्तर–संसदीय सम्मेलनका सहभागीबीच भेटवार्ता 

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग जापान र मलेसियाबाट आएका  ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागी बीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेट वार्तामा  संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताएका छन् ।
आजको भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियनका साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागीहरु रहेका थिए ।
यसैगरी, नेपाली प्रतिनिधिका रुपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालको सहभागिता थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया