२०८२ भाद्र ९ | Aug 25, 2025

ग्यास लिक हुँदा आगलागी, एक महिलाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३१

काठमाडौं । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा खाना पकाउने ग्यासको सिलिन्डर लिकेज हुँदा आगलागी भएको छ । लिकेज भएको सिलिन्डरबाट सल्केको आगोमा परी एकजना महिलाको मृत्यु भएको हो ।

बुधबार बिहान काठमाडौं महानगरपालिका–२४ मखनटोलका दयाराम श्रेष्ठको चारतले घरमा यसरी ग्याँस लिकेज भएर लागेको आगोमा परी एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका जानकारी दिए । मृतकको पहिचान भने अहिले खुलिसकेको छैन । उनले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरे पनि अहिलेसम्म सनाखत भने भएको छैन । घरमा लागेको आगो निभाउने प्रयास जारी छ ।”

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Advertisement