२०८२ भाद्र ७ | Aug 23, 2025

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ३१

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । लगातार २ दिन उच्च दरमा घटेको सुनको मूल्य बुधबार भने बढेको छ । आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँका दरले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँका दरले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया