२०८२ भाद्र ७ | Aug 23, 2025

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २

ललितपुर । आज प्रतिनिधिसभाको बैठक बैस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार विहान ११ः०० बजे बस्न लागेको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रमको अन्त्य गरिनेछ ।

बैठकमा सांसदहरूले धारणा राख्ने क्रम सकिए लगत्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभाको बैठकमा वैशाख ३० गतेदेखि सोही प्रस्तावमाथि छलफल हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया