२०८२ भाद्र ६ | Aug 22, 2025

चितवनमा बस दुर्घटना, १५ जना घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २

चितवन । चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रुवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

लहानबाट काठमाडौँतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। बसमा ३९ जना सवार थिए ती मध्ये १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया