२०८२ भाद्र ७ | Aug 23, 2025

मध्यबानेश्वरमा कारको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा एउटा कारले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । आज विहान मध्यबानेश्वरको कात्यायनी मन्दिर नजिकै कारले ठक्क दिँदा तीन वर्षीय बालक शिवांस झाको मृत्यु भएको काठमाडौं प्रहरी जानकारी दिएको छ ।

मध्यबानेश्वरको कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गरेको बा प्र ०१–३१ च ९५६३ नम्बरको कारले बाटोमा हिंिडिरहेका बालकलाई ठक्कर दिएको थियो । घटना पश्चात गम्भीर अवस्थाका बालकलाई नजिकैको केएमसी अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रमको उनको मृत्यु भएको छ ।

घटनापश्चात् कार चालक काठमाडौं महानगरपालिका–३१ का ५५ वर्षीय रमेशकुमार श्रेष्ठ प्रहरी नियन्त्रणमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया