२०८२ फाल्गुन ६ | Feb 18, 2026

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गरिने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४
|
255 views

ललितपुर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । लाभांश पारित गर्न कम्पनीले यही जेठ २९ विहीबारका लागि साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सोही साधारणसभाबाट लाभांश प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ ।

उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

इन्स्योरेन्स कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया