
ललितपुर । एनआईसी एशिया लघुवित्तका कोशी, मधेश, लुम्बिनी र सुदुर–पश्चिम प्रदेशका ५ वटा शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, लघुवित्तका प्रदेश प्रमुखहरु, अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु लगायत २५८ जनाको सहभागीता रहेको थियो ।
यसैगरी शनिबार संस्थाले झापाको कमल गाउँपालिकामा रहेको सिद्धार्थ सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । ऐन्जल फाउन्डेसनको सहयोगमा चलेको शिविरमा काठमाडौँको सिभिल हस्पिटलबाट गएका तीन जना बरिष्ठ चिकित्सक सहित ९ जना टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा ४० जना भन्दा बढीले निःशुल्क सेवाको लाभ उठाउका थिए भने १६ जनाको ल्यावटेष्ट गरी सबैलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
ग्रामीण भेगमा रहेका निम्न वर्गीय समुदायका मानिसहरुलाई आर्थिक अभाव तथा विभिन्न कारणबाट उपचार सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले संस्थाले उक्त शिविर सञ्चालन गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया