२०८२ भाद्र ६ | Aug 22, 2025

मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ४

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक समृद्ध बन्नका लागि राजनीतिक स्थायित्व जरुरी भएको बताएका छन् ।

आज गृहजिल्ला लमजुङ बेँसीसहर नगरपालिका–८ मा एक कार्यक्रममा एमाले उपमहासचिव समेत रहेका उनले मुलुक विकासका लागि एमालेले सरकारमा रहेर काम गरिरहे पनि गलत प्रचार गरी एमालेमाथि प्रहार भइरहेको बताए । उनले पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया