२०८२ भाद्र ७ | Aug 23, 2025

पिपुल्स पावर कम्पनीले पायो शेयर निष्काशनको स्वीकृति

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ५

काठमाडौं । पिपुल्स पावर लिमिटेड कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते स्वीकृती दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न स्वीकृति पाएको छ । यस अनुसार कम्पनीले १ बराबर ०.५० अनुपातमा ३१ करोड ६३ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया