२०८२ जेष्ठ ६

बन्दिपुर । तनहुँको बन्दिपुर–४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा आज विहान यात्रुवाहक बस र टिप्पर ठोक्किएर दुर्घटना भएको छ । रुकुम पश्चिमबाट काठमाडौँका लागि हिंडेको प्रदेश १.०१.००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१.००१ अ.यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् ।
मंगलबार विहान भएको दुर्घटनामा टिपर चालक सहित बसमा सवार सात जना यात्रु घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । तीमध्ये ४९ वर्षीय हरिसचन्द्र खत्रीलाई भने थप उपचारको लागि चितवन स्थित भरतपुर अस्पताल लगिएको छ ।
घाइते हुनेहरुमा दुर्घटनामा ३५ वर्षीय चन्द्र बराल, १७ वर्षीय बिन्दु वली, ५० वर्षीय भद्र बहादुर वली, ३५ वर्षीय शर्मिला पाण्डे, बस चालक ३० वर्षीय सन्जोग नेपाली र टिपर चालक ४४ वर्षीय शङ्कर अधिकारी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया