२०८२ भाद्र ७ | Aug 23, 2025

गणतन्त्र दिवसका दिन गरिने आन्दोलन निर्णायक हुनेछ : राजेन्द्र लिङ्देन

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ६

ललितपुरं । आगामी जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीे राजधानीबाट प्रदर्शनमा उत्रिने भएको छ । राप्रपा सहितका राजसंस्था नकिट दलहरु एक ढिक्का भएर आन्दोलन चर्कोउने भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने बताएका छन् ।

जनताको बलमा शान्तिपूर्ण ढंगले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गरेर छाड्ने’ अठोटका साथ आफ्ना परिवार र छरछिमेकका साथ आन्दोनलमा सहभागी हुन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

लिङ्देनले भने आगामी जेठ १५ गतेदेखि आन्दोलन चर्काउँछौं प्रधानमन्त्रीजी भाग्न तयार हुनुहोस् । काठमाडौंमा आयोजित एक कार्यक्रममा लिङ्देनले भने, ‘भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उनीहरुलाई हामीले हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ । हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने हो । तर, जसरी पनि हामीले हाम्रो आन्दोलन अगाडि लाने हो’, उनले भने ।

यसपालिको आन्दोलन भनेको निर्णायक आन्दोलन हुनेछ भन्दै उनले आन्दोलनमा आफूमात्र नभई सिंगो परिवार नै लिएर आउन आह्वान गरेका छन् । सकेसम्म छरछिमेक र आफन्तलाई पनि लिएर आन्दोलनमा आउन र नसके घरमा ताला लगाएर सपरिवार आउन उनले कार्यक्रममार्फत अनुरोध गरे ।

‘हाम्रो मिहिनेतलाई बढाऔं, हाम्रो क्रियाकलापलाई बढाऔं, हाम्रा छरछिमेकहरुलाई, आफन्तहरुलाई जेठ १५ गतेदेखि हुने आन्दोलनमा सहभागी हुन प्रेरित गरौं,’ अध्यक्ष लिङ्देनले भने, ‘यस अघिका आन्दोलनमा एक्लै आइन्थ्यो भने १५ गतेको आन्दोलनमा सिंगै परिवार र छरछिमेकसमेत लिएर आऔं ।’

उनले यसपटकको आन्दोलन विलकुल शान्तिपूर्ण र अहिंसात्मक हुने समेत बताए । यसअघि चैत १५ गते काठमाडौंको तिनकुनेमा राप्रपा समेत सहभागी राजावादीहरुको प्रदर्शन हिंसात्मक भएको थियो । तर यसपालिको प्रदर्शन शान्तिपूर्ण हुने र निरन्तर चलिरहने लिङ्देनले बताए ।

‘जेठ १५ गते त सुरु हुने हो । शान्तिपूर्ण हुन्छ, आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रोतर्फबाट कुनै पनि हिंसात्मक कृयाकलाप हुँदैन,’ उनले भने, ‘अरुलाई पनि हामीले हिंसा गर्न दिँदैनौं । भनेको, सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने र शान्तिपूर्ण प्रदर्शनलाई हिंसामा भड्काउन दिँदैनौं ।’

यो आन्दोलन आम देशबासीको हो भन्दै उनले भने, ‘यो देश बचाउने र बनाउने आन्दोलन हो । त्यसकारण सबैले योगदान गरौं भनेर यो आन्दोलनमा सबैलाई राष्ट्रिय झण्डाको मुनि लपेटेर ल्याउन मिहिनेत गरौं ।’

जनताको बलमा शान्तिपूर्ण ढंगले हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्ने निर्णायक आन्दोलनको तयारी भइरेको अध्यक्ष लिङ्देलनले दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया