२०८२ जेष्ठ ६

काठमाडौँ । आज गभर्नर छनोट सिफारिस समितिको बैठक बस्दैछ । समितिका संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी गर्भनर सिफारिस समितिको बैठक बोलाएको सचिवालयले जानकारी दिएको छ।
आज बस्न लागेको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये मंगलबारको मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ । नेपाली काँग्रेस र एमालेका शीर्ष नेता प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको औपचारिक भेटवार्ता लगत्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिफारिस समितिको बैठक आह्वान गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया