२०८२ जेष्ठ ६

ललितपुर । नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति लगायतका बिषयमा निर्णय गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नु अघि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक बसेको थियो । बैठकले प्रा.डा. विश्व पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका पौडेललाई नै नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्ने जनाइएको छ ।
दुवै बैठक अघि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया