२०८२ जेष्ठ ७

ललितपुर । सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ विक्री खुल्ला गर्न लागेको छ ।
आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि भने ९ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा २४ करोड १५ लाख ३ हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसका लागि सर्वसाधारणले घटीमा १० कित्ता देखि बढीमा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल एसबीआई मर्चेन्ट बैंक विक्री प्रबन्धकको रुपमा रहेका छ ।
सान्भी इनर्जी लिमिटेड एक पब्लिक लिमिटेड कम्पनी हो । कम्पनी सन् २०२० मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । सान्भीको २ वटा जलविद्युत आयोजना छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया