२०८२ फाल्गुन ६ | Feb 18, 2026

पल्सर N125 लहानमा साङ्गीतिक कार्यक्रमसहित लन्च हुँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७
|
357 views

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले  लहानमा पल्सर N125 को बहु प्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यस पटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर N125 को लन्च सङ्गीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ७ गते साँझ ६:३० बजेदेखि चौधरी होटल, लहानमा हुन गइरहेको यस कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको सञ्चालन एम्सी अनु मानन्धरले गर्नेछन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर N125 हो, जसमा १२४.५८cc एयर-कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले ८.८२ kW पावर र ११ Nm टर्क उत्पादन गर्दछ। यो १२५cc सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने “N125 लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ” बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया