२०८२ भाद्र ७ | Aug 23, 2025

लामिछानेको रिट निवेदनमाथि आज सुनुवाइ हुने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ हुने भएको छ । मंगलबार हेर्दाहेर्दैमा राखिएको राखिएको मुद्दामाथि बुधबार पनि सुनुवाइ हुन सकेको थिएन ।

यसअघि मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिट निवेदनमाथि सुनुवाइ भएको थियो । मंगलबार उक्त रिटमाथि सुनुवाइ नसकिएपछि सो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । त्यसलाई बुधबार हेरिने भनिएको भए पनि बुधबार न्यायाधीश सुवेदीको संवैधानिक इजलासमा परेकाले इजलास बस्न नसकी सुनुवाइ रोकिएको थियो ।

विहीबार उक्त मुद्दा माथिको सुनुवाइमा लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन् भने पीडित र सरकारी वकिलको बहस कानुन व्यवसायी पूर्वडीआईजी छविलाल जोशीले गर्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया