२०८२ भाद्र ६ | Aug 22, 2025

राजसंस्थाबारे देउवाको भनाई भन्दै भ्रम छरियो : कांग्रेस, सरकार भन्छ -आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिन्छ

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८

प्रसाईं सहित ५३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद

ललितपुर ।  नेपाली कांग्रेसले राजसंस्थाबारे पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनेर चर्चा भइरहेको विषयबारे  यसलाई भ्रामक र कपोलकल्पितरूपमा प्रचारप्रसार गरिएको बताएको छ ।  । बिहीबार एक विज्ञप्तिमार्फत कांग्रेसले भनेको छ “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,“ विज्ञप्तिमा भनिएको छ ।

यसैबीच सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने बताएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममास रकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताएका हुन् ।उनले राजतन्त्र पुनस्र्थापना गर्ने विषय संविधनविरोधी काम भएको बताए ।

अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, स्थापित लोकतन्त्र को मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए । उनले आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न उनले चेतावनी दिए ।

यता काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपीदिएको छ । प्रहरीले अनुसन्धान सकिए पनि उनीहरूको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो । सोहीअनुसार अदालतले दुई दिनको म्याद दिएको  हो । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ ।

संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया