२०८२ भाद्र ६ | Aug 22, 2025

रवि लामिछाने थुनामुक्त नहुने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ९

ललितपुर । सर्बोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्धामा  लामिछानेलाई रिहा गर्न  अस्वीकार गरेको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई गर्दै न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासले केहिबेर अघि  थुना गैरन्यायिक नभएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट  अनुसारको थुनामुक्तको रिट  खारेज गरि थुना मुक्त गर्न ज अस्वीकारको आदेश दिएको हो । आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा र रुपन्देही जिल्ला कारागार अगाडि कार्यकर्ताहरू त्यस पार्टीका कार्यकर्ताको भिड लागेको थियो ।

उनी उच्च अदालतबाट थुनाको आदेश भएपछि चैत २२ देखि थुनामा छन् । लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया