२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रेस युनियनकोे ३४ औँ स्थापना दिवस : लोकतन्त्र, प्रेस स्वतन्तत्रा ,र जलवायु संकटमा प्रेसको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १३
|
408 views

ललितपुर । नेपाल प्रेस युनियनले ३४ औँ स्थापना दिवस देशभर साताव्यापी विभिन्न कार्यक्रमसहित मनाउने क्रममा आज पहिलो दिन केन्द्रिय समितिको आयोजनामा काठमाण्डौमा बिचार गोष्ठि सम्पन्न गरेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ साल जेठ १३ मा भएको थियो । स्थापना दिवसका अवसरमा जेठ १२ गते देखि १९ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको हो ।
युनियनले लोकतन्त्र, प्रेस स्वतन्तत्रा ,र जलवायु संकटमा प्रेसको भुमिका बिषयक बिचार गोष्ठी सम्पन्न गरेको हो । युनियनले वैशाखको अन्तिम साता लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट पनि सम्पन्न गरेको थियो ।

प्रेस युनियनले पत्रकारको हक, हित, पेशागत सुरक्षा, ट्रेड युनियन अधिकार, पत्रकारको क्षमता विकास, प्रेस मैत्री कानुन निर्माण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सञ्चार संस्थाको सवलीकरण तथा सुदृढीकरणका लागि नीतिगत पहल लगायतका लागि काम गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया