२०८२ भाद्र ७ | Aug 23, 2025

सदनको अवरोध खुलाउने प्रयासमा सभामुख

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

ललितपुर । सदनको अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले सचेतकहरूसँग छलफल गर्दैछन् । आजको संसद बैठक सुरु हुनुभन्दा ठीक आधाघण्टा अगाडि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् ।

भिजिट भिसा र अध्यागमनबाट हुने मानव तस्करी प्रकरणलाई लिएर विपक्षी दलले मंगलबार गरेको सदन अवरोध खुलाउन सभामुख देवराज घिमिरेले छलफलका लागि बोलाएका छन् । निर्धारित समयअनुसार प्रतिनिधि सभाको ११ बजे बस्ने बैठक अघि सभामुखले सचेतकहरूलाई छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका हुन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणका विषयमा छानबिन आयोग गठनको माग राख्दै मंगलबार सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । आधा घण्टाका लागि भन्दै स्थगित गरिएको हिजोको प्रतिनिधिसभाको बैठक पुन सुचारु हुन नसकेपछि बुधबारका लागि निर्धारित समयमा बैठक बस्ने सुचना टाँसेर मंगलबारका लागि स्थगित गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया