
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई आज सदनमा आफ्ना दुई सांसदलाई पठाउने भएको छ । संसदमा आज प्रस्तुत हुँदै गरेको बजेट भाषणमा राप्रपाको दुई सांसदको मात्र उपस्थिति हुने भएको हो ।
राप्रपाका अन्य सांसदहरूले भने राजसंस्था पुनर्स्थापनाको मागसहित भइरहेको आजको सडक आन्दोलनको नेतृत्व गर्ने भएका हुन् ।
राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठका अनुसार ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्रै आजको संसद् बैठमा उपस्थित हुने जानकारी दिए ।
हाल ‘प्रतिनिधिसभामा राप्रपाका १४ जना सांसद छन् । उनीहरुमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्मी मात्र आजको संघीय संसद्को संयुक्त बैठकमा उपस्थित हुने जानकारी प्रवक्ता श्रेष्ठले दिएका छन ।
राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी र संघसंगठनले बिहीबार गर्दैछन् ।
आज दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न गईरहेका राप्रपा लगायत अन्य राजावादीहरुको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गर्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया