२०८२ जेष्ठ १५

काठमाडौं । काठमाडौंमा जारी राजावादीको प्रदर्शनमा घुसपैठ भएको भन्दै तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भृकृटीमण्डबाट प्रदर्शन सुरु हुने बित्तिकै प्रहरीले दुई जना पक्राउ गरेको थियो भने अहिले फेरि थप एक जनालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जनाएको छ ।
उपत्यकाका विभिन्न सात ठाउँबाट राजावादीहरुको समूहले राजसंस्था पुनस्र्थापना लगायतका विभिन्न माग राखेर जुलुस प्रदर्शन गरिरहेका छन् । राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट निस्केको जुलुस भृकुटीमण्डपमा जम्मा भइसकेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया