२०८२ भाद्र ६ | Aug 22, 2025

सुनका गरगहना बिक्रीमा विलासिता शुल्क लाग्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

ललितपुर । अब सर्वसाधारणले किनेको सुन तथा सुनका गरगहना बेच्दा २ प्रतिशत विलाशिता कर तिर्नुपर्ने भएको छ । जुनसुकै पसलबाट सुन वा सुनका गरगहना किने पनि ती ग्राहकलाई पुनः बेच्नु प¥र्यो भने २ प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो ।

यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । तर, अब भने सरकारले जति नै सुन बिक्री गर्नुपर्दा पनि २ प्रतिशत विलासिता शुल्क तोकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस्तो खालको व्यवस्थाले गर्जो टार्ने हिसाबले थोरै सुन विक्री गर्ने ग्राहक भने मारमा पर्ने बताएको छ । गत आर्थिक वर्षमा वर्षमान पुन अर्थमन्त्री हुँदा यो व्यवस्था ल्याएका थिए । यसलाई हटाउन माग गर्दै आएकोमा उल्टै साना ग्राहकलाई समेत मर्का पर्ने गरी करको दायरा हेरफेर गरिएको हो ।
अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया