२०८२ भाद्र ६ | Aug 22, 2025

महिनावारी स्वच्छता दिवसमा एक्स-पोज नेपालले गर्याे साइकल र्‍याली 

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

ललितपुर । महिनावारी सुरक्षित बनाउनका लागि प्रयासरत संस्था एक्स-पोज नेपालले एघाराैं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे उपलक्षमा साइकल र्याली आयाेजना गरेकाे छ । महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेकाे गैरसरकारी संस्था एक्स-पोज नेपालले हरेका वर्षझै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसकाे अवसरमा साइकल र्‍याली गरेकाे हाे । ललितपुरकाे मंगलबजारबाट सुरूभएकाे साइकल र्याली काठमाडाैंकाे बसन्तपुर पुगेर फेरी मंगलबजारमा नै आएर टुँङ्गिएकाे थियाे । र्यालीमा लगभग चार सय महिला पुरूष साइकलयात्री सहभागी भएका थिए भने नब्बे प्रतिशत महिला सहभागी भएकाे आयाेजक संस्था एक्स-पोज नेपालले जनाएकाे छ ।

साइकल र्‍याली समापनका प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णा कुमारी पौडेल खतिवडाले महिनावारी प्राकृतिक नियम भएको र प्राकृतिक महिनावारीको मुद्दा पुरूष जो एक्स(पोज नेपालका अध्यक्ष नेपालकै प्याड म्यान भनेर चिनिने ज्ञान महर्जनले उठाएकाले उनलाई महिनावारी सुरक्षित बनाउनका लागि राज्यले र स्थानीय सरकारले साथ दिनुपर्ने बताए । उनले महिनावारीको समयमा अछुत जस्तै ब्यबहार गरिने पनि महिलानै भएकोले यस्तो किसिमको ब्यबहारलाई सुधार्नुपर्ने बताए ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरू महिनावारीको कुरा ढुक्कले गर्नसक्ने हैसिएतमा पुगेकोनै गणतन्त्रका कारणले भएको बताए। उनले गणतन्त्र नआएको राष्ट्रहरूमा महिलहरू उत्पिडनमा पर्नुपरेको बताउँदै साइकल चढेर महिलाहरू परिवारबाट, समाजबाट ढुक्कसंग शहर घुम्नसक्ने बाताबरण भएको गणतन्त्रले भएको बताए। नेपालकै प्याडम्यान भनेर चिनिने एक्स(पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात आठवर्ष पहिले गरेको पहिलो साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएको मा एक जना महिला सहभागी भएको बताउनुहुँदै यस वर्ष चार सय सहभागीमा ९० प्रतिसत महिला र्यालीमा सहभागी भएको बताए। यस वर्ष ” समय(मैत्री संसारू को लागि सँगै ” भन्ने नाराका साथ महिनावारी स्वच्छता दिवस मनाइएको छ । यस अभियानमा वाटरएड नेपाल, राष्ट्रीय महिनावारी सञ्जाल, वेल्ट हंगर हिल्फे, एसएनभी नेपाल, युके इन्टरनेशनल डेभलपमेन्ट, युवा नेपाल, आरएचआरएन, डिडब्लुडीलगाएतका संस्थाहरूको सहयोग रहेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया