२०८२ जेष्ठ १६

ललितपुर । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार अर्थात् जेठ १८ गते मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले पनि सरकारले त्यसदिन उपत्यकामा सार्वजनिक बिदा दिइएको हो ।
गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, सार्वजनिक बिदा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा मात्रै लागु हुनेछ।सरकारले हरेक वर्ष काठमाडौंमा भोटो जात्राको दिनमा बिदा दिने गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया