२०८२ भाद्र ६ | Aug 22, 2025

कुकुर र बिरालोको खानामा २० प्रतिशत अन्तःशुल्क लाग्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १६

ललितपुर । आगामी आर्थिक वर्षमा सरकारले घरपालुवा जनावर कुकुर र बिरालोले खाने खानेकुरामा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेर २० प्रतिशत पु¥याएको छ । चालु आर्थिक वर्षमा १० प्रतिशत अन्तःशुल्क कायम रहेको भए पनि आगामी आर्थिक वर्षमा भने यसलाई बढाएर २० प्रतिशतमा पु¥याइएको हो । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट मार्फत ल्याएको आर्थिक ऐनमार्फत उक्त वस्तुमा अन्तःशुल्क वृद्धि गरेका हुन् ।

चालु आर्थिक वर्ष २०८१/८२ मा घरपालुवा जनावर कुकुर र बिरालोले खाने बस्तुमा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेकोमा आगामी आर्थिक वर्षमा विदेशबाट आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

बजेट भाषणसँगै आगामी आर्थिक वर्षमा घरपालुवा जनावर कुकुर र बिरालोका लागि विदेशबाट खानेकुरा आयात गर्दा २० प्रतिशत अन्तःशुल्क लाग्ने भएको हो । नेपालमा हरेक वर्ष ३ अर्ब रुपैयाँ भन्दा बढीको खाना आयात हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया