
ललितपुर। २०७२ सालको विनाशकारी भूकम्पका कारण मन्दिर पूर्ण रुपमा भत्किएपछि अहिलेसम्म बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई आज मन्दिरभित्र राखिने भएको छ । आज भोटो देखाउने विशेष दिनको अवसर पारेर मच्छिन्द्रनाथलाई मन्दिर प्रवेश गराउन लागिको हो ।
मन्दिर निर्माणको अधिकांश काम सकिए लगत्तै गोरखा भूकम्पको १० वर्ष पछि मच्छिन्द्रनाथलाई मन्दिरभित्र राखिन लागेको हो । भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिर प्रवेश गराउने तयारी भइरहेको छ।
यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो।मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् ।
लामो समयपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना हुन लागेकोमा ललितपुरका स्थानीयहरूमा यस वर्षको जात्र विशेष हुने देखिएको छ । ।
फेसबुकबाट तपाईको प्रतिक्रिया