२०८२ भाद्र ७ | Aug 23, 2025

एनआईसी एशिया लघुवित्तको बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १८

ललितपुर । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को बजेट तर्जुमा तथा शाखा प्रमुख तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कोशी, मधेश, बागमती र गण्डकी गरी चार प्रदेशका शाखा समेटिएको उक्त कार्यक्रम जेठ १३ गतेदेखि १६ गतेसम्म बर्दिबासस्थित होटल विनायक र होटल पावन मिथिलामा सम्पन्न भएको हो।

कार्यक्रममा कर्पोरेट कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालय प्रतिनिधित्व गर्ने गरी कुल १६९ जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा संस्थाका स्वतन्त्र सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायब प्रमुख कार्यकारी अधिकृत मेश बहादुर बस्नेत र सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरेलगायतले सम्बोधन गरेका थिए। उनीहरूले चालु आर्थिक वर्षको उपलब्धिहरूको समिक्षा गर्दै आगामी आर्थिक वर्षको लक्ष्य, बजेट तथा योजनाबारे धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा कर्मचारीको वृत्ति विकास, शाखा सञ्चालनको रणनीति, राष्ट्र बैंकबाट जारी निर्देशनको कार्यान्वयन, आगामी लक्ष्य र बजेट निर्माणमा छलफल गरिएको संस्थाले जनाएको छ। साथै कार्यक्रममा सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्पोरेट सेल्स विभागका सरु घिमिरे र बिकेश बज्राचार्यले बीमा दाबी सम्बन्धी जानकारी प्रस्तुत गरेका थिए।

सम्महोटल विनायक र होटल पावन मिथिला बर्दिबास, महोत्तरीमासञ्चालन भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया